प्रवास

यमनमा युद्ध रोक : राष्ट्रसंघ महासचिव

इकागज |
कात्तिक ६, २०७७ बिहिवार ७:३८ बजे

काठमाडौं : खाडी राष्ट्र यमनमा जारी युद्धलाई रोक्न संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गरेका हुन । यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन उनले बुधबार सुझाएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

राष्ट्रसंघ महासचिव गुटेरसले युद्धरत पक्षहरुलाई आवश्यक मात्रामा युद्ध विराम गर्न जोड दिएका हुन । राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा उनले उक्त धारणा राखेका हुन । गुटेरसले यमनको आर्थिक अवस्था नाजुक हुँदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम अपरिहार्य रहेको बताएका थिए ।


‘अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ,’ महासचिव गुटेरसलाई उद्धृत गर्दै सञ्चारमाध्यमले लेखेका छन,लेखेका छन, ‘यहाँका युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न आग्रह गर्दछु ।’ हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्न पनि उनले आग्रह गरे ।

केही महिना अघि पनि युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि तयार रहन उनले आग्रह गरेका थिए । आफूले यस विषयमा पहल जारी राखेको पनि उनले सो बैठकमा जानकारी गराएका थिए । यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । यहाँका हाउथी विद्रोही र यहाँको सरकारलाई समर्थन गर्ने फौजको यहाँ संघर्ष जारी छ ।


Author

थप समाचार
x