प्रवास

तीन अफ्रिकी मुलुकलाई राष्ट्रसंघको एक अर्ब ७० करोड डलर सहयोग

इकागज |
कात्तिक ६, २०७७ बिहिवार ७:५४ बजे

काठमाडौं : अफ्रिकी महादेशका तीन राष्ट्र बुर्किना फासो, माली र नाइजरलाई राष्ट्रसंघले एक अर्व ७० करोड डलर मानविय सहयोग गर्ने भएको छ । चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका ती तीन राष्ट्रका लागि २० भन्दा बढी दातृ निकायहरुले यो वर्षको लागि त्यती रकम छुट्याउने भएका हुन । ति मुलुकले यो बर्ष नै एक अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अगामी वर्ष सन् २०२१ का लागि ७० करोड उपलब्ध गराउन दातृ निकाय सहमत भएको समाचार अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।

राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले उक्त सहायताबाट बुर्किना फासो, माली र नाइजरका एक करोड भन्दा बढी मानिसलाई सहयोग पुग्ने बताएको राष्ट्रसंघले जनाएको छ । पोषण, खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी र सरसफाई, अस्थायी आवास, शिक्षा, संरक्षण र लैंगिक हिंसा पीडितका लागि उक्त रकम खर्च हुने पनि प्रवक्ता डुजारिकले एक बक्तब्य जारी गर्दै स्पष्ट पारेका छन ।


राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघ, डेनमार्क, जर्मनी र युरोपेली युनियनद्वारा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै मध्य साहेल क्षेत्र अहिले चरम जोखिमको अवस्थामा रहेको उल्लेख गर्दै ति  तीनै मुलुकका जनता अहिले मानवीय संकटमा रहेको उल्लेख गरेका थिए । ‘सुरक्षा स्थिति तिब्र रुपमा कमजोर हुँदैछ, आम मानिसको दैनिक जीवन संकटमा छ । हिंसा बढेको बढ्यै छ, र खासरुपमा महिला एवं बालिकाहरु जोखिममा छन्,’ उनले त्यहाँ भनेका थिए ।

आन्तरिक विस्थापन दुई वर्षयता निकै बढेको छ । जलवायु परिवर्तनले मानिसको जीविकामा असर परेको छ र कोभिड–१९ ले अझ संकट बढाएको उनको धारणा थियो । राष्ट्रसंघका मानवीय प्रमुख मार्क लोककले विश्वमै साहेल क्षेत्रमा सबैभन्दा ठूलो संकट देखिएको बताउँदै बुर्किना फासो, माली र नाइजरमा ५० लाखभन्दा बढी बालबालिका सहित एक करोड ३० लाखभन्दा बढी मानिसलाई आपतकालीन सहायता जरुरी रहेको जनाएका थिए । महासचिव गुटेरेस र लोककले दुबैले सन् २०२० र २०२१ का लागि २ अर्ब ४० करोड डलरका लागि दातृ निकाय समक्ष अपिल गरेका छन ।


Author

थप समाचार
x