प्रवास

बाइडनप्रति अमेरिकी जनताको चाहना : एकताबद्ध अमेरिका

बाइबल छोएर बाइडनले भने- ‘मुलुक र प्रजातन्त्रको प्रतिरक्षा गर्छु’

अनिल अधिकारी |
माघ ८, २०७७ बिहीबार १३:२५ बजे

अमेरिका : अमेरिकी जनताले ४६ औँ राष्ट्रपति जो बाइडनलाई बधाई दिँदै राष्ट्रलाई पुनः एकताबद्ध गर्न आग्रह गरेका छन् । मुलुकभित्रका जनता र विश्व समुदायका नेताले बधाईसँगै अमेरिकाबाट पुरानै शैलीको अभिभावकीय भूमिकाको अपेक्षासमेत गरेका छन् ।
 
प्रजातन्त्रको बिगुल फुक्‍ने देश अमेरिका, उसको देशमा मात्रै नभई विश्वमै प्रजातन्त्रको अभिभावक संस्थाका रुपमा स्थापित र परिचित छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिदाईसँगै उग्रराष्ट्रवादको अन्त्य भएको विश्लेषण अमेरिकाभित्र गर्न थालिएको छ ।
 
शपथग्रहणका दिन बाइडेनले बाइबल समातेर भने, ‘म अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्नेछु ।’ उनले सम्बोधनका क्रममा भनेका छन्, ‘यो दिन अमेरिकाका लागि खुसीको दिन हो । लोकतन्त्र, इतिहास र आशाको दिन हो । राष्ट्रलाई पुनः एकताबद्ध राख्‍नेछु ।’
 
सामाजिक सञ्जाल र सञ्‍चार माध्यममा विज्ञ, राजनीतिज्ञ र बुज्रुक समुदायले गरेको प्रतिकृयालाई आधार मानेर भन्‍ने हो भने आज अमेरिकाले आफूलाई उग्रराष्ट्रवादबाट मुक्ति पाएको अनुभूत गरेको छ । ठूलठूला सञ्‍चारमाध्यमले आज बाइडेनलाई बधाई दिँदै अब पुनः अमेरिकाको साख पुरानै शैलीमा फर्किने आशा समेत व्यक्त गरेका छन् । यस्तै कोरोनाले आहात भएको मुलुक र जनताका लागि बाइडेन एउटा मलमपट्टी हुने आशा व्यक्त गरेका छन् ।
 
बाइडेनले अमेरिकालाई पुन एकताबद्ध बनाउने प्रतिबद्धता जनाई रहँदाका दिनसम्म अमेरिका केही कारणले विभाजित देखिन्छ । पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले यहाँ रंगभेद र उग्रराष्ट्रवादको जरा गाड्‌न सफल भए । 

बाहिरबाट हेर्दा खुल्ला अनि मानवअधिकारको देश भनिए पनि यहाँ रंगभेदले ठूलै जरा गाडेको अनभूति जनताले गर्ने गरेका छन् । अर्कातर्फ आप्रवासीको मुलुक भनेर चिनिने अमेरिकामा आप्रवासीका थुप्रै समस्यामा जकडिएको छ, जेलिएको छ । त्यस्ता समस्यालाई समाधान गर्दै राष्ट्रलाई पुरानै लयमा फर्काउने अभिभारा नयाँ अभिभावकमा थपिएको छ ।
 
पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले उग्रराष्ट्रवादको नारा दिएर अमेरिका र विश्व समुदायलाई गलत दिशातर्फ उन्मुख गराइरहेका थिए । त्यही कारणले पनि हुन सक्छ, मुलुकभित्र र बाहिरबाट बाइडेनको आगमनलाई फरक अर्थमा हेरिएको छ । पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले स्वेत नागरिकहरुको दबदवा मात्रै रहने ढंगबाट अन्य धर्म, समुदायका व्यक्तिलाई बाइपास गर्ने नीति अंगालेकै कारण विश्वसमुदाय एक-अर्थमा चिन्तित थियो ।


अमेरिकामा ठूलो जमात पूर्वराष्ट्रपति ट्रम्पको कटुआलोचक छ । उनी मुलुकभित्रै काला र गोरा जातीका मानिसलाई विभाजन गर्न उद्धत थिए, अर्को तर्फ आप्रवासीहरुलाई अपमानको व्यवहार गर्थे ।
 
दम्भ, विभेदकारी सोच र शैलीकै कारण पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प अमेरिकाबाट मात्रै होइन विश्व समाजको धरातमा अपमानित र अपहेलित भएर बाहिरिएका छन् । आजका मितिसम्म सामाजिक सञ्जालबाट गल्हत्याईएका ट्रम्पले दुई पटकसम्म महाअभियोग लाग्ने पूर्वअमेरिकी राष्ट्रपतिको लिष्टमा आफूलाई नम्बर-वान राखेर बाहिरिए ।
 
आफ्‍नै सर्वोच्च निकाय, समाज, देश र अन्य व्यक्ति केही होइन, २१ औं शताब्दीको विज्ञान समेत आफ्‍नाअगाडि केही होइन भन्‍ने पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पको अधिानयकवादले अब विश्वसमुदायको शक्ति केन्द्र सेता घरमा अब कहिल्यै प्रवेश पाउनु हुन्‍न । प्रजातन्त्र र मानवअधिकारको जगमा अडिएको विश्व समाज र अमेरिकालाई अधिनायकवादको दिशा दिन खोज्‍न ट्रम्प युगको अन्त्यसँगै उग्रराष्ट्रवाद सदाका लागि समूल नष्ट हुनु जरुरी छ ।


Author

थप समाचार
x