प्रवास

पोर्चुगलमा अल्सरबाट थलिएका काभ्रेका युवा घर फर्किए

इकागज |
माघ २९, २०७७ बिहिवार ७:२२ बजे

पोर्चुगल : काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण पोर्चुगलबाट नेपाल फर्किएका छन् । विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली संघ पोर्चुगलको सहयोगमा बुधबार नेपाल पठाइएको हो । 

संघका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए । केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको संघका अध्यक्ष तिलक गैरेले जानकारी दिएका छन् । संघले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो । रासस



Author

थप समाचार
x