प्रवास

विवादित अभिव्यक्ति दिएका मोरीले राजीनामा दिने तयारी

इकागज |
माघ ३०, २०७७ शुक्रबार ७:२९ बजे

टोकियो :‘महिला सदस्यहरु धेरै भएको बोर्ड कमिटीको काम सुस्त हुन्‍छ’भन्‍ने अभिव्यक्ति दिएपछि आलोचना खेप्दै आएका टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योशिरो मोरीले आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन् । फेब्रुअरी ३ तारिक उनको सो अभिव्यक्ति आएपछि देशबिदेशबाट लैंगिक विभेदपुर्ण अभिव्यक्ति दिएको भन्दै बिरोध भएको थियो । 

आफ्नो विभेदपुर्ण भनाइ प्रति ८३ वर्षीय मोरीले माफी मागे पनि विरोध नरोकिए मोरीले पदबाट राजीनामा दिन लागेको स्रोतले जनाएको छ । जापानका खेलाडी, खेलसँग सम्बन्धी संस्था, ओलम्पिक कमिटी, महिला भोलिन्टिएरसहित ओलम्पिक बिज्ञापनदाताहरुले मोरीको विरोध जनाउँदै आएका थिए । शुक्रबार टोकियो ओलम्पिक कमिटीको बैठक हुँदैछ । उनले राजीनामा आधिकारिक रुपमा घोषणा गर्ने जापानी सञ्‍चारहरुले जनाएका छन् ।



Author

थप समाचार
x