प्रवास

एनआरएनए अमेरिका युवा संयोजकमा उप्रेतीको उम्मेदवारी घोषणा

इकागज |
फागुन १९, २०७७ बुधबार १२:१७ बजे

अमेरिका : गैरआवसीय नेपाली संघ (एनआरएनए) को अमेरिका च्याप्टरको आगामी निर्वाचनमा युवा संयोजक पदमा टेक्सासका ओजेश उप्रेतीले उम्मेदवारी दिने भएका छन् । आउँदो मे महिनामा हुने निर्वाचनमा उप्रेतीले दुरदर्शी एनआरएनए अमेरिका निर्माणका लागि युवाहरुको मजबुत हातेमाला भन्‍ने नाराका साथ उम्मेदवारी दिने बताएका हुन् ।

एनआरएनएमार्फत राजनीति गर्नेभन्दा पनि सामाजिक सेवा गर्नुपर्ने र त्यसका लागि युवाहरुको भूमिका बलियो बनाउनु पर्ने उप्रेतीको भनाई छ । अमेरिकामा रहेका नेपाली विद्याार्थी तथा युवाहरुको चर्चित समूह ‘नेपाली रविनहुड’ नामक समूहसँग आवद्व उप्रेती विक्तिय साक्षरता, युवा स्वरोजगार र सामुदायिक विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आइरहेका छन् । उनले अमेरिकामै नेपालका भूकम्प पीडित र पुनःनिर्माणका लागि आर्थिक सहयोग संकलनका लागि ‘नेपाल राइज अगेन’ अभियान सञ्चालन गरेका थिए ।


युवाहरुलाई बित्तिय जानकारी, स्वरोजगारका अवसर, प्रविधिको आदानप्रदान र सशक्तीकरणको बाटोमा अभिप्रेरित गर्न आफुले सक्दो भूमिका खेल्ने उप्रेती बताउँछन् ।


Author

थप समाचार
x