प्रवास

अमेरिका निर्वाचन २०२० :

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने लगभग पक्का

अनिल अधिकारी |
कात्तिक २०, २०७७ बिहिवार ८:४८ बजे

अमेरिका : डेमोक्र्याटिक नेता तथा पूर्वउपराष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने लगभग निश्चित छ । यो समाचार तयार पार्दासम्म बाइडेन वर्तमान राष्ट्रपति डोनाल्ड जे ट्रम्प भन्दा इलेक्ट्रोल मतका आधारमा धेरै माथि छन् ।

पूर्वउराष्ट्रपति बाइडेनले २ सय ६४ इलेक्ट्रोल भोट प्राप्त गरिसकेका छन् भने वर्तमान राष्ट्रपति ट्रम्पले २ सय १४ मत प्राप्त गरेका छन् । अहिले अलास्का, जर्जिया, नर्थक्यारोलिना, नेभाडा र पेन्सल्भेनिया राज्यको मत गणना जारी छ । हालसम्मको परिणामलाई बाइडेनले चुनाव जित्ने पक्का पक्की जस्तै देखिन्छ ।


नेभाडा राज्य, डेमोक्र्याटिक पार्टीको पकड भएको राज्य हो, यस राज्यबाट डेमोक्र्याटिक पार्टीले ६ इलेक्टोरल मत प्राप्त गर्नेछ । त्यो ६ मत प्राप्त गरेमा बाइडेनलाई अन्य राज्यबाट मत आवश्यक पर्दैन्, किनकी उनले प्राप्त गरेको २ सय ६४ पछि ६ मत जोड्दा राष्ट्रपति बन्न चाहिने २७० इलेक्ट्रोल भोट बाइडेनले प्राप्त गरिसक्नेछन् ।

यसैगरी रिपब्लिकनको पकड रहेको राज्य अलास्कामा पनि मत गणना जारी छ, जहाँबाट ३ इलेक्ट्रोल मत प्राप्त हुनेछ । यस्तै मत गणना भईरहेको अर्को राज्य नर्थक्यारोलिनामा हालसम्म रिपब्लिकनको अग्रता देखिन्छ जहाँबाट १५ इलेक्ट्रोल मत प्राप्त हुनेछ ।

यस्तै पेन्सल्भेनिया राज्यमा हाल सम्म रिपब्लिकन नेता ट्रम्प अगाडी देखिन्छन् । त्यहाँबाट २० इलेक्ट्रोल मत प्राप्त हुनेछ । तर त्यहाँ ३० लाख भोट गन्न बाँकी रहेको छ, जहाँ २० लाख रजिष्टर डेमोक्र्याटिक भोटरहरु छन् । जसले गर्दा बाइडेनले २९० इलेक्ट्रोल भोट पाउने देखिन्छ ।  

यता एरिजोनामा डेमोक्र्याटिक पार्टी अगाडी देखिन्छ, त्यहाँबाट ११ इलेक्ट्रोल भोट आउनेछ । एरिजोनामा ३ प्रतिशतले डेमोक्र्याटिक पार्टी अगाडी छ । यदी डेमोक्र्याटिक पार्टीले आफ्नो पकड रहेको नेभाडाबाट ६, पेन्सल्भेनियाबाट २० र अग्रता लिईरहेको एरिजोनामा पनि जितेमा बाइडेन ३०१ इलेक्ट्रोल भोट प्राप्त गरेर राष्ट्रपति निर्वाचित हुनेछन् । 

एरिजोनामा पनि जितेमा बाइडेन ३०१ इलेक्ट्रोल भोट प्राप्त गरेर राष्ट्रपति निर्वाचित हुनेछन् । अहिलेलाई ३९० मत प्राप्त गरेर राष्ट्रपति निर्वाचित हुनेछन् ।

राष्ट्रपति ट्रम्पले मत परिणाम बारे प्रतिकृया दिँदै धाँधली भएको भन्दै मुद्धादायर गर्ने बताएका छन् । उनले पुनः गणना गर्नुपर्ने माग गरिरहेका छन् । राष्ट्रपति ट्रम्प दोश्रो कार्यकालका लागि चुनिन्छन या उनको कार्यकाल टुङग्न्छि त्यो भोली सम्म थाहा हुनेछ ।

राष्ट्रपति पदका इलेक्ट्रोल भोटमा अग्रता लिईरहेका जो बाइडेनले हाल सम्मकै धेरै पपुलर भोट ल्याउने राष्ट्रपति हुनेछन् । उनले हाल सम्म करिव ७ करोड पपुलर भोट प्राप्त गरिसकेका छन् । यसअघि सन् २००८ मा बराक ओबामाले पपुलर भोट प्राप्त गरेका थिए । 

केही राज्यहरुबाट हुलाकी मत आउने क्रम जारी रहेकाले चुनावी परिणाम घोषणा हुन अझै केही दिन कुर्नुपर्नेछ । यद्यपी आज राती सम्म अमेरिकाको ४६ औं राष्ट्रपति को बन्ने छ भन्ने लगभग पक्का हुनेछ । 


Author

थप समाचार
x