प्रवास

म्यानमारमा पक्राउ परेका दुई नेपाली भाषी बर्मेली रिहा

इकागज |
चैत ११, २०७७ बुधबार १३:११ बजे

तस्बिर : दीपक भट्टराईको ट्वीटरबाट

काठमाडौँ : म्यानमारमा सेनाले कू गरेर सत्ता हातमा लिएपछि प्रदर्शनमा उत्रिएका बेला पक्राउ परेका दुई जना नेपाली भाषी बर्मेली रिहा भएका छन् । म्यानमार सेनाले पक्राउ गरेका दुई नेपाली भाषी बर्मेलीलाई रिहा गरेको हो ।

तीन हप्ताअघि पक्राउ परेका दुई जनालाई बुधबार छाडेको म्यानमारमा कार्यरत तर केही समयअघि नेपाल फर्केका पत्रकार दीपक भट्टराईले जानकारी दिएका छन् । रिहा हुनेमा सागर सुवेदी र मणिराम खनाल रहेका छन् । उनका अनुसार समाचार संस्था एपीका पत्रकारलाई पनि सेनाले रिहा गरेको छ ।


सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा आन्दोलन चर्केको छ । आन्दोलन दबाउन सेनाले हत्या र धरपकडलाई तीव्रता दिएको छ । त्यसमध्ये पक्राउ परेका केहीलाई सेनाले छाड्दै आएको छ । बुधबार म्यानमारमा सैनिक कू को विरोधमा शान्त हड्ताल आह्वान गरिएको छ । 

प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा अहिलेसम्म साढे दुई सय बढीको मृत्यु भइसकेको छ । 


 


Author

थप समाचार
x