कृषि

उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन

इकागज |
जेठ १५, २०७९ आइतबार १६:३४ बजे

काठमाडौँ- सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । 


साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए । यसैगरी उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

किसानलाई सरल र सहज रुपमा बीउ मल र प्रविधि  सहुलियत कर्जा  कृषि बीमा विस्तार गरिने भएको छ । 

त्यस्तै बेरोजगारहरु मध्येबाट ३ सय जना कृषि स्वयंसेवक तयार गरिने छ ।  बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने अर्थमन्त्री शर्माले बताए ।

यस्तै किसान पेन्सन योजनाको बीउ तथा पुँजीका लागि १ अर्ब विनियोजन गरिएको छ।  कृषि गर्भाधान सेवा सञ्चालन हुनेछ । 


Author

थप समाचार
x