कृषि

किसान हित कोष सञ्चालन गर्न एक अर्ब

इकागज |
जेठ १५, २०७९ आइतबार १६:३८ बजे

काठमाडौं - सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ । किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न कोष सञ्चालनमा ल्याउन लागिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । 

‘किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत  योगदानमा आधारित किसान पेन्सन योजना  सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने छ,’ आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने । 


कोषमा किसानले प्रत्येक महिना जम्मा गर्ने रकमको दश प्रतिशत रकम सरकारले जम्मा गरिदिने समेत उनले जनाए । कोष सञ्चालनको लागि एक अर्ब रुपैयाँ छु्ट्टयाइएको उनले बताए । 


Author

थप समाचार
x