बाह्रबिसे नगरपालिकाद्वारा किसानलाई गोरु पाल्न अनुदान
काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका गोरुपालक कृषकलाई प्रोत्साहनस्वरूप अनुदान वितरण गरेको छ ।
नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । नगरपालिकाले ७७६ बढी किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान वितरण गरेको हो । नगरपालिकाले कृषि क्षेत्रलाई अर्ग्यानिक प्रवर्द्धन गर्ने उद्देश्य स्वरूप गोरुपालक किसानहरूलाई अनुदान दिएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताए ।
नगरपालिकाले किसानलाई अनुदान मात्रै नभएर गोरुको अनिवार्य बीमासहित अनुदान दिने उनकाे भनाइ छ । नगरपालिकाले कृषकलाई मात्र नभई समग्र नगरपालिकालाई नै विकास गर्न विभिन्न खालका नयाँ-नयाँ कार्यक्रम गरिरहेको उनले बताए । उनले अहिले नगरपालिकाले निःशुल्क शिक्षा समेत कार्यान्वयन गर्दै आएको उल्लेख गरे ।
त्यस्तै,नगरपालिकाका किसान जितमान तामाङले गाउँमा बस्ने किसानहरूको कतै जागिर नहुने भएकाले गाउँको बारीमा जोत्ने खान पालिकाले प्रोत्साहन गरेकामा खुसी रहेको जिकिर गरे । नगरपालिकाले दिएको पैसाले गोरु बिरामी हुँदा दबाइमुलो गर्न र बाली किन्न सजिलो हुने गरेको उनकाे धारणा छ । अर्का कृषक ललितबहादुर बुढाथोकी र शिवप्रसाद तिमिल्सिनाले मेसिनलाई भन्दा गोरुहरूलाई प्रोत्साहन गरेकोमा खुसी लागेको बताए ।
नगरपालिकाले अनुदानस्वरूप ८० लाख बढी खर्च हुने अनुमान गरेको छ । नगरपालिकाले किसानको अपेक्षा अनुसार प्रोत्साहन अनुसार अनुदान दिएको हो । पालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौँरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ ।
पालिकाले २ करोड ५० लाख बढी रकम कृषिमा छुट्याएको छ । पालिकाको मुख्य पेशा कृषि, माथिल्लो क्षेत्रमा स्याउ, आलु, मकै, गहुँ, टमाटर, अलि तल्लो भेगमा धान खेती पनि हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया