रूपन्देहीमा ९० प्रतिशत रोपाइँ
बुटवल- रूपन्देहीमा यो वर्ष ९० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रूपन्देहीका अनुसार रूपन्देहीमा कूल ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
यो वर्ष असारको दोस्रो सातादेखि वर्षा भए पनि असारको तेस्रो साताबाट वर्षा कम हुँदा साउनको पहिलो सातासम्म १० प्रतिशत खेतमा धान रोपाइँ अझै नसकिएको हो ।
ज्ञान केन्द्र रूपन्देहीका सूचना अधिकारी अनिलकानु बानियाका अनुसार प्रतिकूल मौसमबीच अहिलेसम्म ९० प्रतिशत खेतमा धान रोपाइँ भएको बताए । केही दिन भित्रमा रूपन्देहीमा सबै खेतमा धान रोपाइँ सम्पन्न हुने बताए । कृषकले भने यो वर्ष पनि समयमै मल नपाउँदा धानको उत्पादन घट्ने चिन्ता लागेको बताउँछन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान रामनरेश यादवले पानी नपरेका कारण धान रोपाइँ ढिलो भएको बताए । मल बिउको चिन्ता सधैं भइरहने रूपन्देही सैनामैनाका किसान विजय यादवले बताए ।
रूपन्देही तराईमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये एक हो । रूपन्देहीको दक्षिणी क्षेत्रका किसानका खेतमा सिँचाइको सुविधा छैन । आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता किसानलाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया