अघिल्लो बर्षजस्तो मलको अभाव भएन : मन्त्री भुसाल
फाइल फोटो
काठमाडौँ - कृषिमन्त्री बेदुराम भुसालले अघिल्लो बर्षजस्तो मलको अभाव नभएको बताएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मलको अभाव नहुने बताएका हुन् ।
उनले मल आयात गर्ने जिम्मेवारी संघीय सरकारको भएपनि वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहको भएको जानकारी दिए । अहिले स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने र यसमा मन्त्रालय गम्भी रहेको उनले बताए । मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको भन्दै कुनै दुविधा नराख्न आग्रह गरे ।
यस बर्षका लागि आवश्यक मलका लागि टेन्डर समेत भइरहेको उनको भनाइ छ । मन्त्री भुसालले बजेटका कारण समयमा नै मल ल्याउन समस्या भएको र मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्ने भएकाले समयमा नै तयारी गर्नुपर्ने जिकिर गरे । उनले मल कारखाना सुरु गर्नका लागि अध्ययन प्रक्रियामा गएको बताए ।
छलफलपछि समितिका ज्येष्ठ सदस्य विनोदकुमार चौधरीले मल अभाव नहुनेगरी वितरणको रोडम्याप सम्बन्धीत मन्त्रालयहरुसँग माग गर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया