एक महिनाअघि १० रूपैयाँ किलोमा नबिकेको गोलभेडाको मुल्य कसरी पुग्यो १९० ? (भिडियो)
फाइल तस्बिर
काठमाडौँ- उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरूले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरूले बताए ।
उनीहरूले पछिल्लो समय किसानहरूले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए । व्यावसायीहरूले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए । कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन् । उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताइन् ।
उनले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको बताइन् । उनले एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको बताइन् ।
उनले नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताइन् । उनले भारत नभएको भए ५० रुपैयाँ किलोभन्दा माथि जाने अवस्था नभएको बताइन् । उनले अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेल भन्दा बाहिरको गोलभेडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको बताइन् ।
उनले भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेडा गइरहेको बताइन् । अहिले नेपाली बजारमा गोलभेडा किलो १४० रुपैयाँ रहेको बताइन् । उनले गोलभेडाको मूल्य एक महिनामा किलोमा १० रुपैयाँ बढेको छ ।
‘तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन हो । अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भनेको अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारण पनि हो । समयमा पानी नपर्नु तथा पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण टमाटरको मूल्य यस्तो हुन गएको हो' उनले भनिन् 'एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल भयो । त्यो बेला भारतमा गएको थिएन । तर अहिले नेपाली उत्पादन गोलभेडाँ करिब ७० प्रतिशत भारतमा गइरहेको अवस्था हो । त्यसकारण मूल्य वृद्धि भएको हो । भारत नभएको भए ५० रुपैयाँ किलोभन्दा माथि नजानु पर्ने हो ।
'अघिल्लो वर्ष यही समयमा प्रति क्रेड २००० सम्म थियो । सडकमा गोलभेडा फाल्नु पर्ने भएकाले किसानहरूले उपचार नगरी हेल्चेक्राई गरे । औषधी उपचार नगर्नाले उत्पादनमा कमी भयो । भारतमा गोलभेडा गइरहेको कारण नेपाली बजारमा १४० रुपैयाँ किलोसम्म भएको छ' उनले भनिन् 'अहिले टनेला भन्दा बाहिरको गोलभेडा २ हजार ५०० छ भने टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड मूल्य छ । भारतमा पनि टनेलभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेट गइरहेको छ । तर यता बन्दाको मूल्य भने पौषदेखि प्रतिकेजी १० रुपैयाँभन्दा माथि गएको छैन । किसानले किलो २ रुपैयाँ पनि पाएको छैनन् । गत वर्ष यो समयमा ७५ रुपैयाँ किलो थियो ।’
गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताए । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको बताए । उनले १० रुपैयाँ केजीसम्म झरेको गोलभेडाको मूल्य किसानहरूले सडकमा फालेको बताए ।
उनले गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नुपर्ने भएकाले किसानले औषधि उपचार नगर्दा उत्पादन कम भएकाले बजारमा कमी भएको बताए । उनले गोलभेडाबाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य वृद्धि नभएको बताए । उनले बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले संधै एउटै मूल्यमा तरकारी खरिद गर्न पाउने बताए ।
‘विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहेको छ । महँगो भनेको गोलभेडा मात्रै हो । गोलभेडाँ पनि १० रुपैयाँ केजीसम्म आएर किसानहरूले सडकमा फाल्न बाध्य भए । सडकमा फाल्नु पर्ने भएकाले किसानले औषधी उपचार गरेनन् । रोग लाग्नले उत्पादन कम भएकाले बजारमा कमी भएकाले महँगो भएको छ' उनले भने 'काउली ३५ रुपैयाँ छ । अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य कमी आएको छ । बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले संधै एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँछन् ।’
तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए । उनले नेपाली उत्पादन गोलभेडा यो वर्ष नै सडकमा फाल्नेदेखि १४० रुपैयाँसम्म मुल्य पुगेको बताए । उनले कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको बताए । उनले कृषि उत्पादनमा किसानहरूको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको बताए । उनले सरकारले कृषि क्षेत्रलाई बेवास्था गर्दा पनि समस्या आउने गरेको बताए । उनले किसानले घर धितो राखेर कृषि गरे पनि कतिबेला के उत्पादन गर्ने भनेर ज्ञान नहुँदा उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा निराश बन्नु पर्ने अवस्था रहेको बताए ।
‘गोलभेडाको मूल्य यो वर्षको जस्तो ३० वर्ष अघि देखि कहिल्यै पनि भएको थिएन । गोलभेडा यो वर्ष नै यति धेरै सस्तो भयो भने किसानले मूल्य नपाएर फाल्नु पर्ने अवस्था भयो । अहिले आएर यति धेरै महँगो भएको छ । कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म बेचेको अवस्था छ' उनले भने 'कृषि उत्पादनमा किसानहरूको ज्ञान नभएर पनि हो । सरकारले कृषिलाई व्यवास्था गरेर हो की जस्तो लाग्छ । किसानले घर धितो राखेर कृषि गरे पनि कतिबेला के उत्पादन गर्ने भनेर ज्ञान छैन। उनीहरूले उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा किसानहरू हत्योसाहित भएको अवस्था छ ।’
कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ । तर बजार गोलभेडाको मूल्य १८० देखि १९० रूपैयाँसम्म पर्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया