दैलेखमा किसानको मकैबालीमा फौजी कीराको प्रकोप
दैलेख : बारीमा लगाइएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि दैलेखका किसान मारमा परेका छन् । दैलेखमा गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि किसान दोहोरो मारमा परेका हुन् । कोभिड संक्रमितले आक्रान्त भएका बेला किसानको बालीमा फौजी कीराको प्रकोप पुगेको हो ।
दैलेखको ठाटीकाँध गाउँपालिकासहित ११ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन । कतिपय संङ्क्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन । यही बेलामा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उमे्रर दोस्रोपटक गोड्मेल गर्नेबेलामा फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको ठाटीकाँध गाउँपालिका २ का कृषक दीर्घ थापाले बताए ।
ठाटीकाँध २ मा करिब ४ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकैबाली नष्ट गर्न थालेपछि आफुहरु दोहोरो मारमा परेको अर्का किसान शेर थापा बताउँछन् । ‘खेती लगाएका किसान कोरोनाले विस्तरामा थलिएका छन, बारीमा मकै किराले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि सङ्कट हुनेभयो’, कृषक थापाले भने ।
तर कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक प्रसाद पाण्डेले यस विषयमा आफुलाई त्यति जानकारी नआएको बताए । ‘फौजि कीरा भन्ने सुन्नमा आएपनि किसानहरुबाट त्यस्तो गुनासो आएको छैन’ उनले भने, ‘यदि त्यस्तो समस्या छ भने पालिकाका कृषि शाखाका कर्मचारीलाई यो विषयमा बुझ्न लगाउछु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया