काठमाडौँमा पहिलो पटक स्याउ मेला हुने
फाइल फाेटाे
काठमाडौँ - काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ ।
ठमेलको होटल मनाङको सहकार्यमा किसान भेन्चरको आयोजनामा हुन लागेको मेला असोज १७ गतेदेखि तीनसम्म चल्ने छ ।
किसान भेन्चरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको हो । महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउहरू राखिने किसान भेन्चरका सिइओ राजेश कार्कीले जानकारी दिए ।
विभिन्न कारणले नेपालमा उत्पादित स्याउले बजारीकरणको अभाव झेल्नुपरेको र ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको उनले बताए ।
स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योग विशेषज्ञसँग सिधा सम्पर्क गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको उनको भनाइ छ । मेला ठमेलस्थित होटल मनाङमा आयोजना हुने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया