कृषि

हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो

इकागज |
असोज २८, २०८१ सोमबार १५:४९ बजे

हुम्ला - हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ । बडा दशैंमा  गाउँ फर्केकाहरू टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो ।

दशैंमा पहिलो पटक सिमकोट बजार यति धेरै सुनसान देखिएको स्थानीय व्यापारी बताउँछन् । सदरमुकाममा तल्लो र माथिल्लो गाउँका केही सर्वसाधारण मात्रै भेटिने गरेका छन् । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थी दसैँ मनाउन घर गएका छन् । 


दशैंमा खुलेका पसलमा पनि ग्राहक नआएको सदरमुकाममा पसल गर्दै आउनुभएका नरेन्द्र भण्डारीले बताउनुभयो । सदरमुकाम सुनसान हुनुको कारण स्थानीयलाई कात्तिकमा पाक्ने अन्नबाली भित्र्याउने चटारो रहेको स्थानीय मुकुन्द रोकायाले बताउनुभयो ।
 

छ महिनाको लगानी खेर जाने चिन्ताले पनि दशैँभन्दा कामलाई बढी प्राथमिकता दिँदा दशैँले नछोएको रोकायाको भनाइ छ । “अहिले खेतमा पाकेको फल(तुल) घर नभित्र्याए हिउँदको छ महिना कसरी घर गुजारा गर्ने”, उहाँले भन्नुभयो । 

अष्‍टमीको दिन दसैँ मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ का बदुम बोहराले बताउनुभयो । यहाँका गाउँमा चिनो, कागुनो, कोदो, सिमी पाकेकाले भित्र्याउनमा  स्थानीयवासी व्यस्त भएका हुन् । 


Author

थप समाचार
x