Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कृषि

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

इकागज |
असोज ३०, २०८१ बुधबार १२:१६ बजे

स्याङजा- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए ।


उनले भने, "जिल्ला जिल्लाका व्यवसायी साथीहरू  लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन ।"

अध्यक्ष ढकालले यतिबेला बैंकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ । यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।

उनले यो डेढ बर्षको अवधिमा लगानी प्रबर्द्धनका लागि देश भित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरुकै पहलमा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानून संशोधन गरेको जानकारी गराए । 

निजी क्षेत्रले उठाउँदै आएको  मर्यादाक्रमको बिषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफुहरु निरन्तर लागिरहेको जानकारी गराए ।


Author

थप समाचार
x