कला

करण जौहरको फिल्ममा रनवीर र आलिया

इकागज |
चैत १७, २०७७ मंगलबार १६:४४ बजे

मुम्बई :  रनवीर सिंह र आलिया भट्टको जोडी फेरि एक पटक पर्दामा देखिने भएको छ । जोया अख्तरको ‘गली ब्वाई’मा पहिलो पल्ट सँगै काम गरेका दुवैलाई करण जौहरले फेरि पटक सँगै काम गराउन लागेका हुन् । रनवीर र आलिया करणको निर्देशनमा बन्ने ‘प्रेम कहानी’नामको फिल्ममा देखापर्नेछन् । 

करण जौहले रनवीरलाई लिएर ‘तख्त’नामको फिल्म बनाउने तयारी गरिगरेका थिए । तर, अन्तिम समयमा आएर उनले यो फिल्म पछि बनाउने गरी थाँती राखे । यसका लागि लिएको रनवीरको डेटमा उनले ‘प्रेम कहानी’ बनाउन लागेको पिंकभिल्लामा खबर छ ।


रनवीर र आलियाले अरु फिल्मको सुटबाट निस्किएको फुर्सद फिल्मको वर्कसपका लागि खर्चने गरेको पनि यसले लेखेको छ । फिल्मको सुटिङ जुन÷जुलाईमा गर्ने तयारी करणको छ । 

सैफअलि खानका छोरा इब्राहिम खानले मुख्य सहायक निर्देशकको रुपमा यही फिल्मबाट करिअर सुरु गर्ने खबर पनि आएका थिए । तर, यो खबरमा भने सत्यता नभएको बताइएको छ । इब्राहिम अझै पढिरहेकाले उनले यही फिल्ममा काम गर्ने कि नगर्ने निधो भइसकेको छैन । रनवीर अहिले रोहित सेठ्ठीको ‘सर्कस’मा काम गरिरहेका छन् भने आलियाले सन्जयलीला भन्सालीको ‘गंगुबाई’को अन्तिम सेड्युलको सुटिङ गरिरहेकी छिन् । 


Author

थप समाचार
x