कला

वर्षाले छाडेको फिल्म गरिमालाई अफर ?

इकागज |
चैत १७, २०७७ मंगलबार १८:१० बजे

काठमाडौं : लकडाउनअघि फ्लोरमा निस्किन लागेको फिल्म ‘सुदूर’ लकडाउनका कारण रोकियो । एक वर्षपछि सुटिङमा जान लाग्दा वर्षा सिवाकोटीले धोका दिइन् । उनले समयको कारण देखाउँदै फिल्ममा काम गर्न नसक्ने जवाफ दिइन् ।

वर्षा फिल्मबाट बाहिरिएपछि निर्देशक रमेश बुढाथोकी यति धेरै विरक्तिएका थिए कि उनी फिल्मका बारेमा कुरै गर्न चाहान्नथे । तर, बुढाथोकी  वर्षाले दिएको धोका बिर्सेर पुन ः एक पटक टिम बनाउन लागिपरेका छन् । उनले मंगलबार मात्र फिल्मका  लागि गरिमा शर्मालाई भेटेका छन् । 


प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमा सार्वजनिक गरेको फोटोमा रमेश बुढाथोकी र गरिमा शर्मा अटाएका छन् । पुष्करले रमेश बुढाथोकीको नयाँ चलचित्रको छलफलका क्रममा भन्दै ती फोटो राखेका हुन् । 

टिकटक हुँदै म्युजिक भिडियोमा आएकी गरिमा शर्मा पछिल्लो समय पल शाहसँगको अफेयरका कारण पनि चर्चामा छिन् । दुई हप्ताअघि भएको प्राविधिक संघको नेफ्टा अवार्डमा पल र गरिमासँगै नाचेपछि दुवैको अफेयरको खबरले औपचारिकता पाएको थियो ।  


Author

थप समाचार
x