बलिउड फिल्म निर्माता बोनी कपूरको तीन लाख बढी रुपैंयाँ चोरी
एजेन्सी – बलिउडका प्रख्यात निर्माता तथा दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरको बैंकबाट करिब तीन लाख ८२ हजार रुपैंयाँ चोरी भएको छ ।
बोनीले यो मामलामा मुम्बई प्रहरीमा उजुरी दिएका छन् । मुम्बईको अम्बोली प्रहरीले सूचना प्रौद्योगिकी अधिनियम अनुसार उजुरी दर्ता गरेको छ ।
समाचारअनुसार बोनीले गत मार्चमा आफ्नो बैंक खाताबाट कसैले पैसा निकालेको खबर पाएका थिए । जब उनले यो कुरा बैंकलाई जानकारी दिए, त्यो बेला उनको खाताबाट अरु कसैले पैसा निकालेको खुलेको थियो ।
बोनीले कसैलाई पनि आफ्नो क्रेडिट कार्डको बारे जानकारी दिएका थिएनन् । उनले आफ्नो बैंकको पैसा गुरुग्रामको एक कम्पनीको खातामा कसैले सारेको दाबी गरेका छन् ।
बोनी भारतीय फिल्मका लोकप्रिय निर्माता हुन् । उनले ‘मिस्टर इण्डिया’, ‘नो एन्ट्री’, ‘जुदाई’, ‘वान्टेड’ जस्ता फिल्म निर्माण गरिसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया