कला

अनिल र माधुरीको ‘तेजाब’को पनि रिमेक बन्दै

इकागज |
चैत २०, २०७७ शुक्रबार १२:४६ बजे

मुम्बई :  बलिउडमा रिमेकको बाढी नै आएको छ । बलिउडमा रिलिज हुनेमध्ये २५ प्रतिशत फिल्म त रिमेक नै हुन थालेका छन् । यसमा अधिकांश हिस्सा तमिल, तेलगु, मलयालम आदि फिल्मको रहने गरेको छ । 

यही क्रममा अनिल कपुर र माधुरी दीक्षितको सुपरहिट चलचित्र ‘तेजाब’को पनि रिमेक बन्ने भएको छ । फिल्मको रिमेक अधिकार ‘कबीर सिंह’ निर्माता मुराद खेतानीले खरिद गरेका छन् । 


पछिल्लो समय साजिद नाडियालाले थुप्रै पुराना फिल्मको रिमेक अधिकार लिएका छन् । उनलाई पछयाउँदै मुराद खेतानीले पनि पुराना हिन्दी फिल्मको रिमेक अधिकार लिन थालेका छन् । यही क्रममा उनले ‘तेजाब’ को अधिकार लिएका हुन् । मुरादले यसअघि अमिताभ बच्चन अभिनीत ‘नमक हलाल’को पनि रिमेक अधिकार लिएका थिए । 

मुरादले तमिल फिल्म ‘थडम’को पनि रिमेक अधिकार खरिद गरेका थिए ।  ‘तेजाब’को रिमेकमा को रहने भन्ने चाहिँ सार्वजनिक भएको छैन । यो फिल्म अहिले स्क्रिप्टको चरणमा नै रहेको छ ।  


Author

थप समाचार
x