कला

मिस्टर सुबोधको ‘कान्छी’

इकागज |
चैत २०, २०७७ शुक्रबार १७:१९ बजे

काठमाडौं : गायक मिस्टर सुवोधको ‘नीलो आकाश’ एल्बममा समावेश ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक मिस्टर सुवोध र बोसन ब्यान्डका सुवास राईको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ ।

भिडियोमा लक्ष्मन पुन, रोशनी थापा, नविन सापकोटा, चन्द्रा थापा, दीपक सुवेदी, धर्मेन्द्र पुर्जा, प्रकाश कदेलको अभिनय छ । लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियोलाई गोविन्द विष्टले खिचेका हुन् । भिडियोको सम्पादन निर्देशक पुनले नै गरेका हुन् भने कलर करेक्सन दिपेश चौधरीले गरेका छन् । भिडियोको सम्पूर्ण छायांकन जापानमा गरिएको छ ।


गायक सुवोध ‘कान्छी’ अडियो तथा भिडियो दुवै पक्षबाट उत्कृष्ट बनेको र यसले धेरैको मन जित्न सक्ने अपेक्षा रहेको बताउँछन्  ।

 


Author

थप समाचार
x