कला

३२ वर्ष पछि ‘चालबाज’को रिमेक, दोहोरो भूमिकामा श्रद्धा कपुर

इकागज |
चैत २१, २०७७ शनिबार १८:१८ बजे

मुम्बई : श्रीदेवीको दोहोरो भूमिका रहेको ‘चालबाज’ ३२ वर्षपछि पुनः निर्माण हुने भएको छ । सन्नी देवल र रजनीकान्तसमेतको मुख्य भूमिका रहेको यो फिल्मलाई पंकज परासरले निर्देशन गरेका थिए ।

उनकै निर्देशन रहने गरी फिल्म फेरि बन्न लागेको हो तर यो फिल्ममा श्रीदेवीले गरेको भूमिका भने श्रद्धा कपुरको पोल्टामा परेको छ । फिल्मको नाम पनि थोरै परिवर्तन भएको छ । अब बन्ने फिल्म ‘चालबाज इन लन्डन’ शीर्षकमा बन्नेछ । लन्डनमा सम्पूर्ण सुटिङ हुने फिल्मलाई टिसिरिजका भुषण कुमार र अहमद खान मिलेर बनाउनेछन् । 


श्रद्धाले ट्विटरमा घोषणाको भिडियो सेयर गर्दै फिल्ममा पहिलो पल्ट दोहोरो भूमिकामा देखिन लागेको र यसका लागि उत्साहित भएको बताएकी छिन् । उनले यो भूमिका चुनौतीपूर्ण रहेको बताउँदै आफूमा बृहत जिम्मेवारी रहेको बताएकी छिन् । 

श्रद्धाले दोस्रो पटक श्रीदेवीको भूमिका गर्न लागेकी हुन् । यसअघि श्रद्धाले श्रीदेवी अभिनीत ‘नागिन’को रिमेक पनि साइन गरेकी थिइन् । श्रद्धाले हालसालै भने रनवीर कपुरसँगको ‘एनिमल’को सुटिङ सकाएकी छिन् । 


Author

थप समाचार
x