कला

‘क्रसरोड्स...’बाट रिस्माको अभिनयमा पुनरागमन

इकागज |
चैत २३, २०७७ सोमबार १४:२ बजे

काठमाडौं : ‘झुम्की’पछि नेपाली फिल्मबाट टाढिएकी रिस्मा गुरुङ फेरि अभिनयमा फर्किएकी छिन् । रिस्माले अर्विन्द राज गुरुङको निर्देशन रहने ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’बाट अभिनयमा दोस्रो इनिङ सुरु गर्न लागेकी हुन् । उनले ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ मा अभिनय गरेर दर्शकबीच राम्रो परिचय बनाएकी थिइन् ।

फिल्मको काठमाडौंबाट छायांकन सुरु भएको छ । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिस्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ ।


नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि फिल्ममा स्वरसँगै अभिनय रहनेछ । फिल्ममा निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग छ । फिल्ममा चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ ।

विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मनपरेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेको खुलाइन् ।

उनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को स्क्रिप्ट तथा आफ्नो चरित्र मन परेकोले फिल्म खेल्न राजी भएको बताइन् ।
 


Author

थप समाचार
x