कला

‘ब्ल्याक विडो’ ट्रेलरले राख्यो नयाँ रेकर्ड

इकागज |
चैत २४, २०७७ मगलवार १६:४ बजे

लसएन्जल्स :  स्कारलेट जोन्सनको अभिनय रहेको ‘ब्ल्याक विडो’ ट्रेलरले २४ घन्टामा सबैभन्दा बढी हेरिने ट्रेलरको कीर्तिमान कायम गरेको छ । दुई दिन अघि युट्यबुमा सार्वजनिक ‘ब्ल्याक विडो’को तेस्रो ट्रेलरले ७ करोड दर्शक पाएको हो ।

यसअघि सबैभन्दा बढी हेरिने ट्रेलरले पहिलो दिन ६ करोड हाराहारी दर्शक पाएको थियो । ‘ब्ल्याक विडो’ ट्रेलरले ‘ब्ल्याक प्यान्थर’ र ‘आन्टमेन एन्ड दि आस्प’, ‘वान्डाभिजन’, ‘लोकी’ आदि फिल्मका ट्रेलरलाई जितेको हो । उनीहरूले क्रमशः पहिलो दिन ४ करोड, ५ करोड र साढे ५ करोड दर्शक पाएका थिए ।


ट्रेलरप्रति दर्शकको यति बिघ्न रुचिलाई धेरैले यो फिल्मको प्रतीक्षाको संकेतका रुपमा अथ्र्याएका छन् । हलिउडमा ‘टेनेट’लाई छाडेर कुनै पनि ठूलो लगानीका फिल्म रिलिज भएका छैनन् । 

 ‘क्याप्टेन अमेरिका’को चरित्र नताशा रोमानफको नयाँ यात्रामा आधारित फिल्मले नताशाको विगत र उनको रहस्यका बारेमा जानकारी दिनेछ । केट सर्टल्यान्डको निर्देशन रहेको फिल्ममा फ्लोरेन्स पु पनि महत्वपूर्ण भूमिकामा छिन् । यो फिल्म डिज्नीसँगै हलमा जुलाई ९ मा प्रदर्शन हुनेछ । 

 


Author

थप समाचार
x