कला

छोरीको कलममा गणेशमान सिंहको संघर्ष

इकागज |
चैत २६, २०७७ बिहीबार १३:३७ बजे

काठमाडौं : गणेशमान सिंहको बारेमा लेखिएको पुस्तक ‘दि स्ट्रगल अफ गणेशमान सिंह’ सार्वजनिक हुने भएको छ । सांग्रिला बुकले प्रकाशन गर्न लागेको पुस्तक उनकै छोरी डा. मीता सिंहले लेखेकी हुन् ।

सांग्रिलाले २०४६ सालमा आजकै मितिमा जन–आन्दोलन सफल भएको दिनको सम्झनामा पुस्तकको कभर सार्वजनिक गरेको जनाएको छ ।  प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको ४६ सालको जनआन्दोलन सर्वोच्च नेता गणेशमान सिंह कै नेतृत्वमा भएको थियो ।


पुस्तकले नेपाली राजनीति र  समाज रुपान्तरणमा गणेशमान सिंहको  योगदान र संघर्षको बारेमा नयाँ पुस्तालाई समग्र जानकारी दिनेछ ।  प्रतिकूल अवस्थामा आन्दोलनको नेतृत्व गरेका नेता गणेशमान सिंहको बारेमा मात्र नभएर पिता गणेशमानको  व्यक्तित्व पनि पुस्तकमा पोखिएको लेखक मिताले जनाएकी छिन् ।

‘मैले यो किताब विशेष गरेर युवापुस्तालाई नेपालमा प्रजातन्त्र रातारात आएको होइन भनेर बुझाउन लेखेकी हुँ । लामो संघर्ष र धेरैको बलिदानीले आएको प्रजातन्त्रको कदर गर्दै यसका लागि लड्नेप्रति हामीले सम्मान देखाउनुपर्छ’ उनले भनेकी छिन्,  ‘खुलामंचमा लाखौंको संख्यामा उपस्थित  उत्साही जनतालाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो – राजनीतिक आन्दोलनको सफलतापिछ अब आर्थिक क्रान्ति हुनुपर्छ र हाम्रो सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ ।’

 पुस्तकमा प्रजातान्त्रिक समाजवादका लागि गणेशमानले सन् १९३६ देखि १९९७ सम्म गरेको संर्घष अटेको छ । यो पुस्तकले युवापुस्तालाई प्रजातन्त्रका आधारभुत मूल्य मान्यता बुझाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।


Author

थप समाचार
x