कला

रणवीर सिंहको नांगो फोटोले महिला लजाएको भन्दै प्रहरीमा उजुरी

इकागज |
साउन १०, २०७९ मंगलबार १६:२७ बजे

काठमाडौँ- बलिउड अभिनेता रणवीर सिंह बोल्ड फोटोसुटका कारण यतिबेला विवादित बनेका छन्। केही दिनअघि सार्वजनिक भएको नांगो फोटो सामाजिक सञ्जालमा  भाइरल भैरहेकाे छ । बोल्ड फोटो सुटका कारण उनका फ्यानहरूले हाल सामाजिक सञ्जालमा ती फोटोहरूको मिम र ट्रोलसमेत बनाइरहेका छन् । सेलेब्रेटी पनि कोही रनवीरको पक्षमा देखिएका छन् त काेही विपक्षमा । तर सामाजिक सञ्जालमा गरेको आलोचनाले नपुगेर कोही भने प्रहरी कार्यालयनै पुगेका छन् ।  

फोटो सुटकै कारणले हाल मुम्बईको एक पुलिस स्टेसनमा सिंह विरूद्ध उजुरीसमेत परेको छ। सिंहको फोटोले महिलाहरुको भावनामा आघात पुर्याएको भन्दै उजुरी दर्ता भएको हो ।


सिंह विरूद्ध ललित श्याम नाम गरेका एक एनजीओ सञ्चालकले उजुरी दर्ता गरेका हुन् । उनले रणवीर सिंहको यस्तो फोटोले महिलाहरूको मनमा लाज पैदा हुने भन्दै यसलाई ट्वीटर र इन्स्टाग्राम लगायतका समाजिक सञ्जालबाट समेत हटाउन माग गरिएको छ। सिंह विरूद्ध आईपीसीको धारा २९२ (अश्लील पुस्तकको बिक्री, आदि) २९३, ५०९ र आईटी अधिनियमको धाराहरुको आधारमा उजुरी दर्ता गरिएको हो ।

 


Author

थप समाचार
x