कला

इटलीमा फिल्म सेन्सर नहुने, फिल्मको प्रदर्शन रोक्ने कानुन पनि खारेज

इकागज |
चैत २६, २०७७ बिहीबार १६:५७ बजे

इटलीमा प्रतिबन्ध खेपेको फिल्म ‘लास्ट ट्यांगो इन पेरिस’को दृश्य

रोम : इटलीले औपचारिक रुपमा नै फिल्म सेन्सर बन्द गर्ने निर्णय गरेको छ । थुप्रै विश्व चर्चित फिल्मको प्रदर्शन रोकेको सेन्सर बोर्डले अन्तत: कुनै पनि फिल्ममाथि काँटछाँट गर्ने वा बन्देज गर्ने निर्णय खारेज गरेको हो । इटलीले सन् १९१३ देखि फिल्म सेन्सर गर्दै आएको थियो । 

इटलीका संस्कृति मन्त्रीले सोमबार कलामाथि बन्देज गर्ने सेन्सर वा उस्तै प्रकृतिको कुनै संरचना नरहेको जानकारी गराएका हुन् । सरकारले जारी गरेको नयाँ सूचना अनुसार अब बितरक आफैंले आफ्नो फिल्मलाई वर्गीकरण गर्नेछन् । 


बितरकले फिल्मको प्रकृति हेरी १४ वर्षसम्मका दर्शकले हेर्ने वा १८ वर्षमाथिकाले हेर्ने गरी वर्गीकरण गर्नुपर्ने संस्कृति मन्त्रालयले जनाएको छ । यसरी वर्गाीकरण गरेका फिल्म फिल्म उद्योगका हस्ती सदस्य रहेको कमिसन, शिक्षाविद् र पशु अधिकारकर्मीले पनि सार्वजनिक प्रदर्शन हुनुअघि हेर्नेछन् । 

सन् १९४४ यता इटलीमा २ सय ७४ वटा इटालियन फिल्म १ सय ३० वटा अमेरिकन फिल्म र अन्य देशका ३ सय २१ फिल्म सेन्सरका कारण प्रदर्शन हुन नपाएको संस्कृति मन्त्रालयले जनाएको छ । त्यसैगरी, हजारौं फिल्मले दृश्य छाँटकाँटको आदेश पालना गर्नुपरेको थियो । 


Author

थप समाचार
x