कला

अफेयरको पब्लिसिटी गर्ने, ब्रेकअप गरेको खबर लेख्‍न वर्षालाई सोध्‍नुपर्ने ?

इकागज |
चैत २६, २०७७ बिहीबार १८:२१ बजे

तस्बिर : वर्षाको फेसबुक

काठमाडौं :  राज कटुवाल र वर्षा सिवाकोटीबीच अफेयरको खबर होली यता पुष्टि भयो । दुवैले होलीसँगै मात्र मनाएनन्, युट्युब अन्तर्वार्तामा प्रेममा रहेका जोडीले बोल्ने ब्रम्ह वाक्य ‘साथी मात्र रहेको’ झुट पनि बोले ।

भर्खरै परेको वर्षा जन्मदिन राज र वर्षालेसँग मनाए । अनि यसको फोटो राजले हालेनन्, वर्षा स्वयंले हालिन् । मतलब वर्षाले राजसँगको अफेयरलाई आफैंले पब्लिसिटी गरिरहेकी छिन् । 


अमेरिकामा रहेका प्रेमी सविन थापासँगको तस्बिर मिडियामा वर्षा आफैंले चुहाएकी हुन् । किस्ता किस्तामा फोटो सार्वजनिक गरेकी उनले अन्तिमतिर मिडियालाई आफैं फोटो दिएकी थिइन् तर सविनसँग धुमधाम परेको लभ चट्टै छाडिन् । सविनले मुटु चिर्ने भाषामा वर्षाले धोका दिएको लेखे ।

वर्षाको धोकाले आफूलाई प्रेममाथि नै विश्वास उठेको भन्दै गुनासो गरे । जब वर्षा र सविनको ब्रेकअपको खबर आयो, वर्षाले मिडियालाई नै आरोप लगाइन्, ‘मेरो ब्रेकअपको खबर लेख्न मलाई सोध्नु पर्दैन ?’

अहिले राजसँगको अफेयरको खबर मिडियामा आएपछि पनि उनको लाइन त्यही छ, ‘मेरो लभ परेको खबर लेख्न मलाई सोध्न पर्दैन ? मैले नभनेसम्म मेरो लभ परेको पुष्टि कसरी हुन्छ ?’

भनेपछि वर्षाले जे भनिन् त्यो सत्य जे मानिदिनु पर्ने नभने असत्य ? वर्षाको कुरामा दम रहन्थ्यो पनि होला यदि वर्षा आफैं यो मामलामा अनुशासित भएको भए । वर्षाको भनाई एउटा छ अनि गराई अर्कै । मिडियाले नलेखोस् भन्ने लाग्ने मान्छेले सामाजिक सञ्जालमा चैं यसरी आफ्नो प्रेम छताछुल्ल नपारे हुने नी ? 


Author

थप समाचार
x