कला

लिलामीमा पहिलो जेम्स बन्डको बन्दुक

इकागज |
कात्तिक २५, २०७७ मंगलबार १२:३७ बजे

लसएञ्जल्स: दिवंगत अभिनेता सिन कोनेरीले पहिलो जेम्स बन्ड फिल्ममा प्रयोग गरेको बन्दुक हलिउडमा आउँदो महिना हुने लिलामीको मुख्य आकर्षण हुने भएको छ । बेभर्ली हिल्समा डिसेम्बर ३ मा हुने लिलामीमा कोनेरीले प्रयोग गरेको सेमी अटोमेटिक बन्दुक १ लाख ५० हजार डलरदेखि २ लाख डलरसम्ममा बिक्रि हुने अनुमान गरिएको छ । कोनेरीले जेम्स बन्ड सिरिजको पहिलो फिल्म ‘डा नो’मा बोकेको यो बन्दुक पछि गएर जेम्स बन्डको पहिचान बनेको थियो । 

अर्को महिना हुने लिलामीमा हलिउडका कलाकारले प्रयोग गरेको ५ सयभन्दा बढी सामान हुने लिलामी गर्ने संस्था जुलियन अक्सनले जनाएको छ । यसमा टम क्रुजले ‘टप गन’मा प्रयोग गरेको हेल्मेट पनि सामेल रहेको छ । यसैगरि, लिलामीमा मिचेल ओबामाले फस्ट लेडी भएपछि लगाएको पहिलो लुगा पनि राखिने भएको छ । 
यसअघि पहिलो जेम्स बन्ड फिल्ममै अभिनेत्री उर्सुला एन्ड्रेसले लगाएको विकनी पनि लिलामीमा राखिने घोषणा गरिएको थियो ।  


लिलामी गर्ने संस्था ‘अक्सनर्स प्रोफाइल इन हिस्ट्री’ले ‘डा नो’मा उर्सुला एन्ड्रेसले लगाएको सेतो बिकिनी यही नोभेम्बर १२ र १३ गरी दुई अमेरिकाको लसएन्जल्समा राखिने घोषणा गरेको थियो । लिलामीमा बिकिनीको आधारमूल्य ५ लाख अमेरिक डलर राखिएको छ । यो साल मात्र चौरासी मनाएकी उर्सुलाले उसबेला लगाएको बिकिनी फिल्मभन्दा ज्यादा हिट भएको थियो । जेम्स बन्ड सिरिजका सात फिल्ममा अभिनय गरेका कोनरीको गतहप्ता मात्र निधन भएको थियो ।


Author

थप समाचार
x