कला

नगरकोटीको ‘कल्प–ग्रन्थ’ खाेज्‍ने ३७१३, वैशाख १५ देखि पाठकको हातमा

इकागज |
चैत २८, २०७७ शनिबार १६:५८ बजे

काठमाडौं : कुमार नगरकोटीको पुस्तक ‘कल्प–ग्रन्थ’को वैशाख २५ मा सार्वजनिक हुने भएको छ । चैत १४ मा सार्वजनिक गर्नेगरी प्रीमियम संस्करण मात्र निकाल्ने घोषणा गरेको प्रकाशक बुकहिलले निर्धारित समयमा छपाईको काम नसकिएको भन्दै पुस्तक सार्वजनिक गर्ने मिति सरेको जनाएको हो । 

तर, वैशाख २५ मा सार्वजनिक हुने भए पनि डेलिभरीको काम भने वैशाख १५ गतेबाट सुरु हुनेछ ।  प्रकाशकले गत मंसिर १ गतेदेखि २०२१ रुपैयाँ भुक्तान लिई किताब अर्डर गर्ने व्यक्तिले मात्र किताब पाउने बताएका थिए । प्रकाशकले कल्प–ग्रन्थको ३ हजार ७ सय १३ प्रति प्रीबुकिङ भएको जनाएका छन् ।


यसैबीच पुस्तकको प्रोमोसनका लागि भन्दै तयार गरिएको गीत ‘खर्पनमा बोकी हिँड्छु अचेल’ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतको भिडियोमा कुमार नगरकोटीको शब्द तथा अभिनय, हरि लम्सालको संगीत र सुगम पोख्रेलको स्वर रहेको छ ।

बुक–हिलले निर्माण गरेकोे म्युजिक भिडियोमा नितिन चन्दको छायांकन र सम्पादन तथा भूपेन्द्र खड्काको निर्देशन रहेको छ । 


Author

थप समाचार
x