कला

तारालाई मनपर्छ प्रेमपत्र र गुलाब दिने केटा

इकागज |
कात्तिक २५, २०७७ मंगलबार १४:२० बजे

बलिउड अभिनेत्री तारा सुतरियाले आफू हृदयदेखि नै रोमान्टिक भएको बताएकी छिन् । उनले एउटा पत्रिकासँगको कुराकानीमा आफ्नो पार्टनरमा हुनुपर्ने गुणको बारेमा पनि खुलेर कुरा गरेकी थिइन् । ताराका अनुसार उनी प्रेमको मामलामा रुढीवादी छिन् । उनलाई फिल्ममा देखाइए  जस्तो विशेष अवसरमा मात्र होइन हरेक दिन नै प्रेममय होस् भन्ने लाग्छ ।

उनले प्रेमीलाई प्रेमपत्र लेख्न, गुलाब दिन र  किताब उपहार दिन पनि मनलाग्ने बताएकी छिन् । ताराले यतिबेला आफू ‘ दि ग्रेटेस्ट लभ लेटर्स अफ अल टाइम’ पढिरहेको पनि जानकारी गराएकी छिन् । उनले आफ्नो पार्टनरमा नभई नहुने गुणको बारेमा कुरा गर्दा इमान्दारिता पहिलो सर्त हुने बताएकी छिन् । उनले आफ्नो पार्टनरमा ‘सेन्स अफ ह्युमर’ हुँदा झन् खुशी लाग्ने बताएकी छिन् । 


‘स्टुडेन्ड अफ दि इयर २’बाट बलिउडमा डेब्यु गरेकी ताराको नाम आदर जैनसँग जोडिँदै आएको छ । भर्खरै ‘हिरोपन्ति २’ साइन गरेकी तारा ‘एक भिलेन २’मा पनि जोन अब्राहम र दिशा पटानीसँगै अभिनय गरिरहेकी छिन् । 


Author

थप समाचार
x