कला

‘प्रेमगन्ज’मा बेनिशासँगै सम्पदा बानियाँ

इकागज |
चैत २९, २०७७ आइतबार १४:५० बजे

काठमाडौ :  किस्ताबन्दीमा कलाकार छनौट गरिरहेको ‘प्रेमगञ्ज’ले सम्पदा बानियाँलाई छनोट गरेको जनाएको छ । फिल्ममा रहने मुख्य दुई नायिकामध्ये एकका लागि सम्पदा फाइनल भएको निर्माण टिमले जनाएको छ । 

चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हामालसँगै सम्पदा पनि छनोट भएको बताइएको छ । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए । 


यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिइसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली, गिता अधिकारी लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका हुन् । 

बिगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र वैशाख पहिलो साताबाट छायांकनमा जाने वताइएको छ ।


Author

थप समाचार
x