कला

'ब्यारीमोरसँग बिताएको समय सबैभन्दा मूल्यवान'

इकागज |
चैत ३०, २०७७ सोमबार १४:२९ बजे

लसएन्जल्स : फिल्म उद्योगमा फिल्मको सेट फेरिएसँगै सम्बन्ध पनि फेरिन्छ । एउटा फिल्ममा काम गरुन्जेल मित्रता हुन्छ, फिल्म सकियो सम्बन्ध पनि सकियो । 
तर, हलिउडमा ड्रिऊ ब्यारीमोर र क्यामरुन डियाज अपवाद हुन् ।

दुवै उद्योगमा सबैभन्दा मिल्ने अभिनेत्री मानिन्छन् । अझ क्यामरुन त ब्यारीमोर भने पछि हत्ते । जब ब्यारीमोर सोमा क्यामरुन डियाज कुरा गर्न गइन् उनले ब्यारीमोरसँगको मित्रता जिन्दगीकै सबैभन्दा मूल्यवान क्षण भएको बताइन् । 


‘म त उसँगै बुढी हुन चाहान्छु । किनकि उसँग बिताएका क्षण मेरा लागि सबैभन्दा मूल्यवान हुन् । जब म उसको बारेमा सोच्छु, मलाई रुन आउँछ । उसको जन्मदिन मेरा लागि वर्षको सबैभन्दा प्रिय दिन हो,’ क्यामरुनले भनेकी छिन् । 

क्यामरुन र ड्रिऊ ब्यारीमोरले ‘चार्लिज एन्जल्स’का दुई शृंखलामा सँगै काम गरेका थिए । उनीहरूले त्यसयता भने सँगै काम गरेका छैनन् । क्यामरुनले सही अफर आए फेरि पनि आफू ब्यारीमोरसँग काम गर्न इच्छुक भएको बताएकी थिइन् । उता ब्यारीमोरले पनि क्यामरुनसँगको मित्रताले आफू अझ् असल भएको बताएकी थिइन् । 


Author

थप समाचार
x