रुबिनाले पाइन् दोस्रो फिल्म, ‘डाँडाको बर–पिपल’मा सलोनको जोडी
काठमाडौं : ‘लभ डायरी’ अभिनेत्री रुबिना थापाले दोस्रो फिल्म साइन गरेकी छिन् । रुबिनाले शोभित बस्नेतले निर्देशन गर्ने फिल्म ‘डाँडाको बर–पिपल’ साइन गरेकी हुन् । निर्देशक बस्नेतले सामाजिक सञ्जालमा रुबिनासँग सम्झौता गरेको तस्बिर सार्वजनिक गर्दै फिल्ममा रुबिना अनुबन्ध भएको जानकारी गराएका हुन् । फिल्ममा रुबिनाले सलोनसँग जोडी बाँध्नेछिन् ।
शोभित यसअघि नै फिल्मका लागि गौरी मल्ल र शिव श्रेष्ठलाई साइन गरिसकेका छन् । रुबिना अभिनीत ‘लभ डायरी’मा रुबिनाको कामको प्रशंसा भए पनि फिल्मले बक्स अफिसमा भने राम्रो प्रदर्शन गरेको थिएन । यो फिल्ममा रुबिनाले सुशील श्रेष्ठसँग रोमान्स गरेकी थिइन् ।
सलोनसँगको मित्रताले रुबिनाले यो फिल्म पाएको अनुमान गर्न सकिन्छ । सलोन र रुबिनाले गत महिना सम्पन्न नेफ्टा अवार्डमा सँगै नृत्य गरेका थिए । यही समयदेखि दुवैबीच मित्रता गाढा भएको थियो ।
उद्योगमा शोभित बस्नेत सस्तोमा फिल्म बनाउनका लागि परिचित छिन् । उनले यसअघि बनाएको ‘लक्ष्मीपूजा’ओटीटीमा मात्र रिलिज भएको थियो । शोभितले निर्देशन गरेको ‘बद्री बहादुर’ भने लामो समय भए पनि रिलिज हुन सकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया