गायक पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।
आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयले गायक पोखरेललाई नेपालको ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको हो । पर्यटन मन्त्रालयमा भएको सम्मान कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक पोखरेलले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले नेपालको संस्कृति, सम्पदाहरूलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुरामा विश्वस्त रहेको बताए ।
मन्त्री श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गरेर गायक पोखरेललाई ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको पनि बताए । उनले गायक पोखरेलले कलामार्फत नेपाल र नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने विश्वास लिएको जिकिर गरे ।
कार्यक्रममा गायक दिवेश पोखरेलले आगामी दिनमा नेपाली संस्कृति, प्रकृति, पर्यटनलाई अघि बढाउने कुरामा प्रतिवद्ध भएर लाग्ने बताए । उनले अमेरिकन आइडलमा जाँदा नेपालीहरुको साथ सहयोग धेरै पाएको भन्दै प्रशंसा गरे ।
एक महिनाको नेपाल बसाइमा गायक पोखरेलले नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिन संगीत युनिभर्सल ल्याङ्ग्वेज गर्नेछन् । देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट हुनेछन् । कन्सर्टकै आधारमा सांगीतिक टूर डकुमेन्ट्री बनाउने उनको योजना छ ।
सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया