'महानायिका' करिष्मा मानन्धरले निहारिकालाई दिएको २१ हजार फिर्ता लिइन्
काठमाडौँ - महानायिका तथा एमाले नेतृ करिष्मा मानन्धरले निहारिक राजपूतलाई दिएको २१ हजार रुपैँयाँ फिर्ता लिएकी छिन् । निहारिकाले न्यायका लागि बसन्तपुरमा अनसन बसिरहेको समयमा करिष्माले घरमा आश्रय दिँदै २१ हजार रुपैँयाँ सहयोग गरेकी थिइन् ।
तर सरकारले निहारिकसँग गरेको सम्झौता पालना नभएको भन्दै दोस्रो चोटि आन्दोलन गर्दा करिष्मा मानन्धरले निहारिक र आरोपितसँगै रहेका केही तस्बिर सार्वजनिक गरिदिएकी थिइन् । करिष्मासँग रुष्ट बनेकी निहारिकाले करिष्माविरुद्ध गोपनीयताको हक हनन गरेको भन्दै मुद्दा हाल्ने बताउँदै त्यसो गर्नुअघि उनीसँग लिएको रकम फिर्ता गर्ने निर्णय गरेकी । निहारिकाले दिएको रकम सुरुमा लिन नमाने पनि केही आनाकानीपछि पैसा लिँदै आफ्नो पैसा गलत काममा प्रयोग नभएको भन्दै घोचपेच गरेकी थिइन् । निहारिकाले करिष्माले छोरालाई किन्दिएको चश्मा पनि फिर्ता गरिदिएकी थिइन् ।
निहारिकाले डीएनए टेस्ट गर्नुपर्ने र आरोपितलाई सजाय हुनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेकी छिन् । करिष्माले पहिलो अनशनको समयमा निहारिकालाई छोरी बनाएर राख्ने भन्दै घर लिएर गएकी थिइन् । करिष्मा र निहारिका छोरासहित स्विमिङ गरेको तथा अन्य रमाइलो गरेका तस्बिर पनि करिष्मा स्वयंले फेसबुकमा राख्दै आएकी थिइन् । तर बीचमा उनले निहारिका र आरोपितका तस्बिर छरपस्ट पार्दै निहारिकाले सत्यको बाटो नहिँडेको आसयसहितको स्ट्यास राखेकी थिइन् ।
करिष्माको यो रवैयापछि उनको चौतर्फी विरोध भएको थियो । गरिब र सर्वहाराको रक्षाका लागि भन्दै एमाले प्रवेश गरेकी करिष्माको गरिब महिलामाथिको यो व्यवहारले उनी मुखले सर्वहारा र महिनाको राजनीति गर्छिन् भन्ने सामाजिक सञ्जालमा प्रश्न उठेको छ । करिष्माले एक कार्यक्रमका बीच राजेश हमालको हातबाट महानायिकाको उपाधि धारण गरेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया