कला

ब्राड पिट र बङ जून अस्करका होस्ट

इकागज |
चैत ३१, २०७७ मंगलबार १३:२५ बजे

लसएन्जल्स :  अबको दुई हप्ता पछि हुने अस्कर समारोहका लागि लसएन्जल्समा धुमधाम तयारी चलिरहेको छ । अस्करमा कसले अवार्ड पाउने भन्ने कुराको मात्र चासो र चर्चा हुन्न, अस्कर अवार्ड कसले सञ्चालन गर्छ, त्यसको पनि विश्वभर उत्तिकै चर्चा हुन्छ ।

तर, गत वर्ष झैं यो वर्ष पनि अस्करले समारोहमा परम्परागत होस्ट नराख्ने भएको छ ।  यसको साटो अस्करले पूर्व अस्कर विजेतालाई यसको जिम्मेवारी दिने निर्णय सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सूचीमा अघिल्लो सालका चार जना अस्कर विजेता होस्टको भूमिकामा देखिनेछन् ।


अस्कर समारोहका निर्माताले जारी गरेको सूचीमा ब्राड पिट, बङ जून हु, ज्याक्विन फोनिक्स, रेने जेलवेगर र लाउरा डेन प्रस्तोताको सूचीमा छन् ।  त्योबाहेक हेरिसन फोर्ड, हेल बेरी, रेगिना किङ, रिज विदरस्पुन, जेनदया आदि पनि होस्ट गर्ने सूचीमा छन् । समारोहले अर्को सूचनामा बाँकी होस्टको पनि नाम सार्वजनिक गर्ने भएको छ । लसएन्जल्सका विभिन्न भेन्यूमा हुने समारोह यही महिनाको २५ गते सम्पन्न हुनेछ । 


Author

थप समाचार
x