कला

हेरिटेज फेसनको दोस्रो सिजन जेठ २२ मा

इकागज |
चैत ३१, २०७७ मंगलबार १६:२२ बजे

काठमाडौं :  ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को आयोजना जेठ २२ गते पोखरामा हुने भएको छ  । आयोजक असाप इन्टरटेनमेन्टका प्रमुख सन्तोष  अधिकारीले दोस्रो सिजनको तयारी भइरहेको जानकारी गराएको छ । 

सोका आयोजक सन्तोष अधिकारी अष्ट्रेलियाको सम्पूर्ण तयारी सकेर नेपाल फर्किसकेका छन् । उनले नेपालमा समेत दोस्रो लहरको कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागितामा उत्कृष्ट कार्यक्रम गरिने बताए ।


उक्त फेसन सोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागिता रहनेछ । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअघि मार्च १५ मा आयोजना हुने भनिएको कार्यक्रम कोरोनाका कारण ढिला गरी हुन लागेको हो । 

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को लागि केही दिन पहिले काठमाडौंमा आयोजित मिट एन्ड ग्रीट कार्यक्रममा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, संन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के खनाल, देव कुमार श्रेष्ठ, रंगपत्रकार प्रकाश सुवेदी, मेघा मोडल सिजन ४ विजेता पुजा बराल लगायतका थुप्रै मोडलको सहभागिता रहेको थियो । अधिकारी फिल्म निर्मातासमेत हुन् । उनले सह निर्माण गरेका  ‘आमा’ र ‘घर’ रिलिज भैसकेका छन्, भने ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।


Author

थप समाचार
x