कला

बाल यौन दुरुपयोगमा पललाई साढे २ वर्षको जेल सजाय

बलात्कारको मुद्दामा भने पाए सफाइ

इकागज |
भदौ २१, २०७९ मंगलबार १९:४७ बजे

काठमाडौँ- नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा भने दुई वर्ष जेल सजाय तोकेको छ ।  

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर साे फैसला गरेका हो ।


बलात्कारको मुद्दामा पलले सफाइ पाएपनि न्यायाधीशले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएका छन् । यस्तै इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि भनेको छ ।

गत चैतमा नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप पलमाथि लागेको थियो । पीडित नाबालिगका बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएकाे थियो ।


Author

थप समाचार
x