कला

नयाँ वर्षमा डिल्ली फोम्बोको 'मायाले के गर्यो'

इकागज |
बैशाख २, २०७८ बिहीबार ११:१७ बजे

धरान :  डिल्ली फोम्बो एंड द ब्यान्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियोसहित रिलिज गरेका छन् । यो मायाले के गर्यो बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द संगीत रहेको छ भने सन्जिब राईको संगीत संयोजन रहेको छ ।

रेखा लिम्बू र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बूको निर्देशन रहेको छ भने विनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टराईको छायांकन रहेको छ ।


लिम्बू समुदायमा पहिलो चोटी गुनगुनाइएको भनिएको  पोकन्दि र नेपाली लोक शब्द संगीतको सम्मिश्रण गरिएको गीत एउटा प्रयोगको रुपमा तयार गरेको गायक डिल्ली फोम्बोले बताए । लकडाउनले थलिएको समयमा तयार गरेर लकडाउन खुलेपछि गीत तथा भिडियो तयार गरिएको गायक फोम्बोले बताए ।

 


Author

थप समाचार
x