कला

रणवीरको विगतका अफेयरमा आलियाको प्रतिक्रिया, ‘म चैं के कम थिएँ र ?’

इकागज |
बैशाख २, २०७८ बिहीबार १२:२८ बजे

मुम्बई : आलिया भट्ट र रणवीर कपुर दुई वर्षयता अफेयरमा छन् । ‘ब्रम्हास्त्र’को सेटमा नजिक भएका दुवैले महामारी नहुँदो हो त विवाह पनि गरिसक्थे भन्ने चर्चा छ । तर, महामारी र सुटिङ सेड्युलले उनीहरूको विवाह सारेको सारै छ । 

तर, रणवीरको विगतले आलिया र रणवीरको विवाह यति सजिलै होला भन्ने धेरैलाई लाग्दैन । किनभने आज आलियासँग भएजस्तै रणवीर कुनै समय दीपिका पादुकोन र कट्रिना कैफसँग पनि गहिरो प्रेममा थिए । तर, रणवीरले दीपिका र कट्रिनालाई चटक्क छाडे ।


उसबेला रणवीरले दीपिकालाई ‘चिट’ गरेको आरोप थियो भने कट्रिनासँग के कारणले छुट्यो ? अहिलेसम्म पनि कसैले पत्ता लगाउन सकेका छैनन् । रणवीरले यही हाल आलियाको पनि गर्लान् कि भन्ने धेरैलाई आशंका छ । तर फिल्मफेयरले जब आलियालाई रणवीरको यही इतिहासको बारेमा सोध्यो, उनले आफू पनि सति सावित्री नभएको बताइन् । 

‘पहिलेको कुराले के फरक पर्छ र ? हरकोहीको विगत हुन्छ । अनि रणवीरभन्दा म चैं कम थिएँ र ?’आलियाले भनेकी थिइन् ।  ‘स्टुडेन्ट अफ दि इयर’बाट डेब्यू गरेकी आलियाको सोही फिल्मका कोस्टार सिद्धार्थ मल्होत्रासँग अफेयर थियो । तर, दुवैले चुपचाप ब्रेकअप गरेका थिए । सिद्धार्थ अहिले कियरा आडवानीसँग डेट गरिरहेका छन् ।   
 


Author

थप समाचार
x