कला

तुलाको ‘मेरो देश’मा राजेश हमालको अभिनय

इकागज |
बैशाख २, २०७८ बिहीबार १७:४८ बजे

काठमाडौं  :  नयाँ वर्षको अवसर पारेर ऊर्जा इन्जिनियर तुला पौडेल (टीआर पङ्गाली) को राष्ट्रिय गीत सार्वजनिक भएको छ । रामकृष्ण ढकालको स्वर रहेको ‘मेरो देश’बोलको गीतमा राजेश हमालले अभिनय गरेका छन् । गीतमा संगीत भने नरहरी प्रेमीको रहेको छ ।

गीतकार तुलाले आफूभन्दा पहिला देशलाई राखौं भन्ने भावनासहित यो गीतको रचना भएको बताएका छन् । ‘देशलाई सबैभन्दा माथि राखौं, देशका बाँचौं र देशका लागि मरौं भन्ने भाव प्रस्तुत गर्ने गरी यो गीतको रचना गरेको थिएँ । यसमा मूर्धन्य कलाकारको साथले मेरो यो भाव जिवन्त भएको महसुस भएको छ,’ पौडेलले भनेका छन् । 


हमालसँगै संगीतकार नरही प्रेमीले समेत अभिनय गरेको गीतको भिडियोलाई राजकुमारले निर्देशन गरेका हुन् । गीत म्युजिक नेपालको युट्युब च्यानलमा रिलिज भएको हो । 

पर्वत, कुश्माका स्थायीवासी पाैडेल पेशाले ऊर्जा इन्जिनियर हुन् । हाल उनी ऊर्जा अनुसन्धानकर्ताका रूपमा सार्क इनर्जी सेन्टर, इस्लामावाद, पाकिस्तानमा कार्यरत छन् ।


 


Author

थप समाचार
x