कला

संगीतकार बने विश्वप्रकाश, उनको संगीतमा छोरी स्वीकृतिको गायन

इकागज |
बैशाख २, २०७८ बिहीबार १८:१७ बजे

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले थुप्रै कभर गीत गाएको त हामी धेरैले देखेकै हो । उनले अरुले गाएका थुप्र्र गीत कभर गरेका छन् । तर, कांग्रेसको युवा पुस्ताका नेता शर्माको सांगीतिक ज्ञान यतिमै सिमित छैन । उनले संगीत सिर्जना पनि गर्ने गरेका छन् । यसको पछिल्लो कडी बनेर आएको छ, ‘मिसले सोध्नु भो ।’ 

विद्यार्थीलाई शिक्षकको महत्व बुझाउने यो गीतलाई शर्मा स्वयंले संगीत गरेका छन् भने यसमा स्वर भरेकी छिन् शर्माकी छोरी स्वीकृति शर्माले । भिडियोमा स्वीकृतिले अभिनय पनि गरेकी छिन् । गीतले बाबुआमा र शिक्षा दिने गुरुलाई भगवानको रुपमा चित्रित गर्दै सबैलाई सम्मान गर्नुपर्ने सन्देश दिएको छ । 


उपत्यकाको केही विद्यालयमा सुटिङ गरिएको गीतको भिडियोमा गायिका स्वीकृति शर्मासँगै गीता रिजाल, शारदा लुइँटेल ,गोपाल घिमिरे तथा स्कुले विद्यार्थीको अभिनय रहेको छ । कक्षा १० मा अध्ययनरत गायिका स्वीकृति संगीत शिक्षक प्रभुराज ढकालकी विद्यार्थी हुन् । गीतलाई नवल नेपालले निर्देशन गरेका हुन् । 

 


Author

थप समाचार
x