कला

‘किल बिल’को रिमेक गर्दै अनुराग कश्यप

इकागज |
कात्तिक २६, २०७७ बुधबार १२:१ बजे

मुम्बई: स्टाइलिस फिल्मका लागि चिनिन्छन् हलिउड निर्देशक क्वान्टिन टेरेन्टिनो । ‘रिजर्भायर डग्स’, ‘पल्प फिक्सन’ जस्ता फिल्म निर्देशन गरेका टेरेन्टिनोले उमा थुरमानलाई मुख्य भूमिकामा अभिनय गराएको ‘किल बिल’ एक्सन फिल्ममा उदाहरण मानिन्छ । टेरेन्टिनोले यसका दुई भाग बनाएका थिए जुन ‘कल्ट’ मानिन्छन् ।

यही ‘किलबिल’लाई अब बलिउडमा पनि हेर्न पाइने भएको छ । ‘ग्यांग्स अफ वासेपुर’ निर्देशक अनुराग कश्यपले यसलाई हिन्दीमा ‘एडप्ट’ गर्ने तयारी गरिरहेको खबर छ । निर्माता निखिल द्धिवेदीले अनुराग कश्यपले लेखनको काम सकाएको र उमा थुरमानले गरेको भूमिकाका लागि दुइटा हिरोइनसँग कुरा गरिरहेको जानकारी गराएका छन् ।


तर, उनले यसका लागि कुन कुन हिरोइनसँग कुरा भइरहेको भन्ने चाहीँ खुलाएका छैनन् । पछिल्लो समय मिटुको आरोप खेपिरहेका अनुराग कश्यपले नोटबन्दीको विषयमा ‘चोक्ड’ नामको फिल्म बनाएका थिए । सायमी खेरको मुख्य भूमिका रहेको यो फिल्म नेटफ्लिक्समा रिलिज भएको थियो । कश्यपको हलमा रिलिज भएको पछिल्लो फिल्म ‘मनमर्जिया’ थियो । 


Author

थप समाचार
x