कला

दीपिका र रनवीरसँग कति छ सम्पत्ति ? पति–पत्नीमा को धनी ?

इकागज |
बैशाख ६, २०७८ सोमबार १६:१४ बजे

मुम्बई  :  दीपिका पादुकोन र रनवीर सिंह दुवै बलिउडमा स्टार कलाकार हुन् । अझ दीपिका त हिरोइनतर्फ सबैभन्दा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमा गनिन्छिन् । पारिश्रमिक लिने मामलामा त दीपिका रनवीरभन्दा अगाडि छिन् ।  

दीपिकाले एउटा फिल्मबाट १० देखि १२ करोड लिने गरेकी छिन् जबकि रनवीरले यत्तिकै पैसा पाउन लागेको ‘सिम्बा’ हिट भएपछि मात्र हो । दीपिकाले एउटा ब्रान्ड प्रवद्र्धनबाट गरेवापत ८ करोड रुपैंया लिने गरेकी छिन् । 


पिओरनेटवर्थ डटकमका अनुसार दीपिकाको वार्षिक आम्दानी ४० करोड रहने गरेको छ । यसमा फिल्मबाहेक उनले ब्रान्ड र सोजबाट कमाउने पैसा पनि सामेल गरिएको छ । रिपब्लिकटिभी डटकमका अनुसार हरेक वर्ष उनको पैसा ४० प्रतिशतले वृद्धि हुने गरेको छ । 

फोब्र्सले दीपिकालाई सबैभन्दा महंगो नायिकाको रुपमा आफ्नो लिस्टमा सामेल गर्ने गरेको छ । उसका अनुसार दीपिकासँग ६ अर्ब बराबरको कुल सम्पत्ति रहेको छ । दीपिकाले वर्षमा ३० वटा फिल्मबाट अफर पाउने र महिनामा कम्तीमा दुई करोड कमाउने पनि फोब्र्सले जनाएको छ । 

रनवीरले दीपिका भन्दा फिल्ममा मात्र कम पैसा पाउने हैन कुल कमाइमा पन िदीपिकाभन्दा पछाडि छन् । दीपिकाले वर्षेनी ४० करोड हारहारी कमाउँदा रनवीरले भने ३२ करोड कमाउने गरेको आँकडाले देखाउँछन् । पछिल्लो समयमा भने रनवीरले एउटा फिल्मबाट १५ करोडसम्म पाउन थालेका छन् ।  यसरी हेर्दा रनवीरसँग भन्दा थोरै नै भए पनि दीपिकाले ज्यादा कमाउने गरेको देखिन्छ । 
 


Author

थप समाचार
x