कला

जन्मदिनमा मदनकृष्णकाे परिवारलाई नै कोरोना पोजेटिभ

इकागज |
बैशाख ६, २०७८ सोमबार १७:२३ बजे

काठमाडौं :  अभिनेता मदनकृष्ण श्रेष्ठलाई कोरोना पोजेटिभ भएको छ । आज जन्मदिन मनाइरहेको मदनकृष्णलाई कोरोनो पोजेटिभ देखिएको हो । मदनकृष्ण स्वयंले यसको जानकारी दिएका हुन् । उनले फेसबुकमा स्ट्याटस लेख्दै आफूसहित छोराबुहारी छोरी र नातिनीलाई पनि कोरोना देखिएको बताएका छन् । 

उनले कोरोनाले दुःख दिएको पनि बताएका छन् । ‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ । त्यसैले यो भाइरससँग खेलाँची नगरौं ।जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले लेखेका छन् । जन्मदिनका दिन कोरोना पोजेटिभ देखिएका मदनकृष्णले जन्मदिनमा शुभकामना दिनेलाई भने धन्यवाद दिएका छन् । अघिल्लो पटक सँगै काम गर्ने हरिवंश आचार्यलाई पोजेटिभ देखिए पनि मदनकृष्णलाई भने देखिएको थिएन । 
 



Author

थप समाचार
x