कला

यो वर्षको निफ हाइब्रिड हुने

इकागज |
बैशाख ९, २०७८ बिहीबार ११:२० बजे

काठमाडौ‌ :  नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल निफ यो पटक हाईब्रिड हुने भएको छ । कोभिडका कारण परिस्थिति जटिल बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी भएको हुनाले यसपटकको निफका केही इभेन्टहरु प्रत्यक्ष र केही अनलाइन हुने भएको हो ।

सरकारको निर्देशन अनुसार नै उदघाटन र समापन समारोह मापदण्ड अनुसार गरिने छ  तर त्यसलाई विभिन्न माध्यमहरुबाट प्रत्यक्ष प्रसारण गरी अझ धेरै दर्शकसम्म पुर्याइने छ । त्यसैगरी फेस्टिभलका चलचित्रहरुलाई भने अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकहरुले घरमै बसेर हेर्न सक्ने सुविधा हुनेछ ।


फेस्टिभलको अर्को महत्वपूर्ण अंगको रुपमा रहेको विभिन्न विषयगत बहसको कार्यक्रम भने प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाइन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ जसमा दर्शकहरुले सहभागिता जनाउन सक्नेछन् ।

‘तयारी त हाम्रो भौतिक रुपमै गर्ने गरी भइरहेको हो, भौतिक रुपमै गर्नका लागि नै हामीले नियमित सेड्युलबाट सारेर वैशाखमा ल्याएका थियौं, तर परिस्थिति अनुकुल नभएकोले यसपटक हामीले हाइब्रिड गर्न बाध्य भयौं । तर यसले हामीलाई अझ धेरै दर्शक सम्म पुग्ने अवसर सिर्जना गरिदिएको छ । पहिला हामीसँग फेस्टिभल आयोजना स्थल सम्म आउने दर्शक मात्र हुन्थे भने अब संसारभरिका दर्शक हामी सँग हुनेछन् ।

यसले निफलाई दर्शकका पहुँचको हिसाबले पनि विश्वव्यापी बनाउनेछ भन्ने विश्वास गरेका छौं ।’ फेस्टिभलका अध्यक्ष केपी पाठकले बताएका छन् । चौथो संस्करणमा आयोजना हुनलागेको निफ यसअघि हरेक वर्ष फेब्रुअरीमा हुने गरेको थियो ।

 


Author

थप समाचार
x