कला

आफ्नै बुबासँगको मुद्दा हारिन् ब्रिट्नीले

इकागज |
कात्तिक २७, २०७७ बिहीबार १३:२९ बजे

लसएञ्जल्स: गायिका तथा अभिनेत्री ब्रिट्नी स्पयर्सले आफ्नै बुबासँगको मुद्दा हारेकी छिन् । ब्रिट्नीले बुबालाई आफ्नो सम्पत्तिको संरक्षकको रुपमा हटाउन गरेको आग्रहमा लसएञ्जल्स कोर्टले बुबाको पक्षमा फैसला गरेको हो । ब्रिट्नीको बुबा जेम्स स्पेयर्स सन् २००८ देखि ब्रिट्नीको सहसंरक्षक रहँदै आएका थिए । सन् २०१९ देखि भने जेम्स एकल संरक्षकको रुपमा रहँदै आएका थिए । 


ब्रिट्नीले बुबालाई त्यो जिम्मेवारीबाट नहटाए आफूले फिल्म न गीत केही पनि खेल्ने÷गाउने नगर्ने बताएकी थिइन् । तर, जेम्सका वकिलले भने जेम्सले संरक्षकको जिम्मेवारी पाएसँगै ब्रिट्नी ऋणबाट मुक्त भएको दाबी गरेका थिए । गत हप्ता मात्र अदालतले भने ब्रिट्नीलाई संरक्षकको समूहमा नयाँ सदस्य पनि थप्न सक्ने बाटो खुला गरेको थियो ।



सन् २००७ मा ब्रिट्नी स्पेसर्यको ‘मेन्टल ब्रेकडाउन’ भएको खबर सार्वजनिक भएको थियो । यही समयदेखि जेम्सले संरक्षकको जिम्मेवारी सम्हालेका थिए । 
पछिल्ला दिनमा भने बाबुबाट आफूलाई सुरक्षा नभएको भन्दै ब्रिट्नीले संरक्षकको रुपमा नयाँ मानिस सिफारिश गर्दै आएकी छिन् ।  तर, अदालतको मंगलबारको निर्णयले ब्रिट्नीको यो चाहानामा धक्का लागेको छ ।
 


Author

थप समाचार
x